arrow

'न घर छ, न जग्गा छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूसँग केही नभएको बताएका छन् । शनिबार पार्टीको एक कार्यक्रममा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका श्रेष्ठले भने, “न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋण पान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।”

उनले आफूसँग अरू कुनै चल अचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । उनले भने, 'राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैङ्क खातामा एक रुपैयाँ पनि छैन ।'


आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताए। उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ