arrow

सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
raptisonari-khanepani.jpg

नेपालगन्ज । बाँकेको राप्तीसोनारी वडा नं- ९ लाई  सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सेवा क्षेत्रभित्र रहेका ७ सय ८० घरमा सुरक्षित खानेपानी पुगेको क्षेत्रलाई  सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो ।

 राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमका बिच शुक्रबार खानेपानी युक्त समुदाय घोषणा गरेका थिए । सो अवसरमा पौडेलले ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लक्षीराम केसीलाई खानेपानी युक्त समुदाय घोषणा प्रमाणपत्र प्रदान गरेका थिए ।

 पौडेलले राप्तीसोनारी गाउँपालिका भित्रका केही वडाहरूमा सुरक्षित खानेपानीको समस्या रहेका बताउँदै गाउँपालिकाले खानेपानी तथा सरसफाइ सम्बन्धी नियमावली तयार पारेका बताए । खानेपानी विकासको पहिलो पूर्वाधार भएको बताउँदै उनले खानी पानीको समिति र ट्याङ्की निर्माण गर्नु मात्रै ठुलो कुरा नभएर जनतालाई सुरक्षित खानेपानी पुर्‍याउनु काम महत्त्वपूर्ण भएको बताए ।

ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजना युनिसेफ नेपाल र खानेपानी महासङ्घको सहकार्य र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भएको घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगज बाँकेले समितिलाई स्वामित्व हस्तान्तरण गरेको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले संस्था अध्यक्ष लक्षीराम केसीलाई स्वामित्व प्रमाण हस्तान्तरण गरेका थिए ।

 उपाध्यक्ष मनीषा सिंह थारुले राप्तीसोनारीको वडा नं ९ ले सुरक्षित खानेपानी युक्त समुदाय सो घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । वडा नं ८ का वडाध्यक्ष सालिकराम डाँगीले यस अघि वडा नं ८ मा पनि सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिसकेको बताउँदै समुदाय स्तरमा सरसफाइ र खानेपानीको विषयमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै  वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारुले वडा र पालिकालाई सुरक्षित खानेपानी युक्त घोषणा गर्ने कार्य तालिका अनुसार समितिले आवश्यक मापदण्ड पूरा गरिसकेकोले समुदायलाई घोषणा गरिएको गरिएको बताए ।

  खानेपानी महासङ्घ बाँकेका अध्यक्ष भद्र प्रसाद देवकोटाले खानेपानी महासङ्घ र युनिसेफको सहकार्यमा वडा,पालिका र जिल्ला खानेपानी युक्त घोषणा गर्ने कार्यक्रम लाई अगाडि बढाइएको बताए । कार्यक्रम पन्चैबाजा,थारु नृत्य,लगायतका विविध सांस्कृतिक प्रस्तुति रहेका थिए । समितिका अध्यक्ष लक्षीराम केसीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू राजनीतिक दलका प्रतिनिधिहरू,सामुदायिक वनका प्रतिनिधिहरू,शिक्षक,विद्यार्थी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ