arrow

इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरको स्वीकृति, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
investment-bank-mega-bang-merger.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकीकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

मर्जरपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ । मेगा बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी यी दुई बैंक मर्ज भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ