arrow

सूर्यज्योति अब अझ बृहत्, अझ सबल र अझ विशाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
surya-jyoti-life-Insurance.jpg

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटेल एभरेस्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ। सूर् लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्य ज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो। असार १२ ,२०७९ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतीका बाबजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो।

मर्जर पश्चात् बनेको कम्पनीको चुक्ता पुँजी रु ४.५४अर्ब पुगेको छ। यससँगै कम्पनी चुक्ता पुँजीमा तेस्रो ठूलो बिमा कम्पनी बन्न सफल भएको छ। एकीकृत कारोबार पश्चात् सूर्य ज्योतिको जीवन बीमाकोष रु २२ अर्ब, लगानी रु २८ अर्ब र कुल शाखा सङ्ख्या १८१ पुगेको छ भने कुल कर्मचारीको सङ्ख्या ६७५ पुगेको छ।

एक उज्ज्वल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत्,अझ सबल र अझ विशाल उपस्थिति सूर्य ज्योतिको हुनेछ। सूर्य र ज्योतिमा सात रङ्ग भएझैँ सूर्य ज्योति पनि सुरुवात, न्यानोपन, प्रस्ट, उज्ज्वल, प्रतिबद्ध, समय र ऊर्जाका साथ एक भई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए। उनले कम्पनीको यस उपलब्धिलाई स्वर्ण अक्षरमा लेखिने प्रतिक्रिया दिएका थिए। जीवन बिमा क्षेत्रमा सूर्य ज्योतिले ट्रेन्ड सेट गरेको भन्दै उनले यस उपलब्धिले अन्य कम्पनीहरूलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए। साथै अध्यक्ष सिलवालले जीवन बिमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन्।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए। मर्जरकका क्रममा दुवै पक्षले निष्पक्ष रूपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रस्ट पारे। अलक्ष्य भट्टराईले यो मर्जर सफल बनाउन अहम् भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरू, कर्मचारी साथीहरू, मार्ग निर्देश गर्नुहुने बिमा प्राधिकरण तथा शेयर धनी महानुभावहरूलाई हृदय देखि धन्यवाद व्यक्त गरे।

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउँदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए। दुवै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखा परीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रस्ट पारे।

सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ वर्षको छोटो समयमै आफूलाई  अव्वल साबित गरेको ज्योति लाइफ कम्पनी  बिच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ।

मर्ज पछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र  कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्य ज्योतिलाई बिमा क्षेत्रकै बेन्चमार्क बनाउने कम्पनीको प्रण रहेको सिइओ खत्रीले बताए।

सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ समेत रहेका जीवन बीमक सङ्घका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सिइओ समेत रहेका बीमक सङ्घका अध्यक्ष चम्की क्षेत्रीले, कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आ आफ्ना तर्फ बाट शुभकामना व्यक्त गरे। साथै कम्पनीका ब्रान्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बिमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन्।

कम्पनीले एकीकृत कारोबार शुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोसिली जारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ