arrow

सूर्यज्योति लाइफ इन्स्योरेन्सको कर्पोरेट मिटबाट कर्मचारी उत्साही

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
surya-jyoti-2080-06-13.jpg

धुलिखेल । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । 

कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायत सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।

उक्त दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनीति “गुड टु ग्रेट” विषयवस्तुमा प्रस्ट पार्दै सम्पूर्ण सहभागीहरुलाई विस्तृत रुपमा सबै कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धी मार्ग निर्देश गरेका थिए ।  

कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बीके रमण नेपालीले सहभागीहरुलाई अन्तरक्रियात्मक खेलहरुमार्फत व्यक्तित्व  विकास सम्बन्धी तालिम दिएका थिए । 

प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सूचकहरुमा अब्वल हुँदै आइरहेको बताउँदै कम्पनीको दूरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको साथै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ परिमार्जित गर्दै लैजाने पनि जानकारी गराए । 

साथै कम्पनीका सञ्चालक शर्माले कर्मचारीहरुको व्यक्तित्व विकास र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सुशासनमा जोड दिँदै जाने र नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नुपर्नेमा ध्यानाकर्षण गराए । 

कार्यक्रममा सहभागी कर्मचारीहरुले दैनिक कार्यतालिकाबाट बाहिर निस्केर यस प्रकारको कार्यक्रममा सहभागी हुन पाउँदा उत्साही रहेको र आफूलाई थप जोश, जाँगर तथा आत्माविश्वास बढेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ