arrow

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सौराहामा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
surya-jyoti-insurance-employee-training.jpg

चितवन। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सौराहामा आयोजित प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तालिम सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ। देशभरका जोनल हेड ,प्रोभिन्स हेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने करिब ३०० जना कर्मचारीहरूको सहभागिता थियो। 

कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिएका थिए। साथै कार्यक्रममा  व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योगदान पुर्‍याउने कर्मचारीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदाधिकारीहरूको उपस्थितिमा रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा ३ जना जोनल हेड ,३ जना प्रोभिन्स हेड ,५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख ,१२ जना कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी ४८ जना उत्कृष्ट कर्मचारीहरूलाई  सम्मान गरिएको थियो।

यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो सेल्स कन्भेन्सनबाट कर्मचारीहरूले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी ज्ञान हासिल गर्नुका साथै सिप तथा प्रविधि मैत्री तालिमबाट कर्मचारीहरू उत्साहित  र थप ऊर्जावान् भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए।

साथै कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरूमा पनि विभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरे।

कर्मचारीको प्रगति र हितको लागी सञ्चालक समिति सकारात्मक रहने र मेहनत र लगनशील भई काम गरे सफलता प्राप्त हुने  कम्पनीका सञ्चालक नन्द किशोर शर्माले प्रस्ट पारे।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच भएको जीवन बिमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात् बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आई एस ओ ९००१:२०१५ बाट सम्मानित भैसकेको छ।

हाल कम्पनीको चुक्ता पुँजी रु ४.५४ अर्ब रहको र कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरूबाट आफ्ना सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ