arrow

सूर्यज्योति लाइफ बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
surya-jyoti-life-insurance-iso-certificed.jpg

काठमाडौं । युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षण सम्पन्न गरी आईएसओ ९००१ः२०१५ द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरी विभूषित गरेको छ । 

उक्त मापन कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहीमाझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । 

सूर्यज्योति लाइफले गत जनवरी ४ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको हो । यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दे जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बताए । 

साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई  मनन गर्दै समयसापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता खत्रीले जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ