arrow

नेपालगञ्जका चोक–चोकमा चक्काजाम, नेपालगञ्ज–कोहलपुर सडकखण्ड अवरुद्ध 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ पुष १८ सोमबार
nepaljung-chakka-jam-killed-case.jpg

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका हुन् ।

नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अवरुद्ध भएको छ ।

घटनाका दोषीलाई कडा कारबाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई हाल नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय रत्नबहादुर दर्लामीलाई गत शनिबार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ