arrow

'कानुन बमोजिम काम गर्नेहरू अख्तियारसँग डराउन पर्दैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
rapti-sonari-ad.jpg

नेपालगन्ज ।  बाँकेको राप्ती सोनारी गाउँपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन  ’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश, सम्पर्क कार्यालय नेपालगन्जका शाखा अधिकृत श्रीधर टण्डनको अध्यक्षता एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यमा सोमबार  कार्यक्रम गरिएको हो।

पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष  पौडेलले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताए । सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्त्वपूर्ण आधार स्तम्भ रहेको बताउँदै अध्यक्ष पौडेलले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जबाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको जिकिर गरे ।

नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा काम गर्नेलाई कारबाही गर्न जरुरी रहेको बताउँदै अध्यक्ष पौडेलले राप्ती सोनारीलाई लक्षित गरी परेका सबै उजुरीलाई आफूले सकारात्मक रूपमा लिएको बताए। उनले उजुरी पर्दैमा डराई हाल्नु पर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गरिरहन निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मनीषा सिंह थारुले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टाचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताइन । उनले पालिकाबाट आफूहरूले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवर्द्धन गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा वडा अध्यक्षहरूले राज्यको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य भएको बताउँदै भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासन कायम गराउने कुरालाई आत्मसात् गर्नुपर्ने बताएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज  शाखा अधिकृत टण्डनले गलत नियतले कार्य गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गर्नेलाई कारवाई गर्ने बताए । असल नियतले काम गरेको खण्डमा सामान्य गल्तीहरूलाई क्षमय हुने उनको थियो । संविधान र ऐनले तोकिएको जिम्मेवारी पुरा गर्न अख्तियार लागी परेको उनले बताए । ट्रान्सपरेन्सी इन्टरनेसनलले निकाल्ने प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको तथ्याङ्कका बारेमा जानकारीसँगै भ्रष्टाचारभित्र पर्ने विभिन्न सूचकहरूका बारेमा समेत डण्डनले जानकारी गराएका थिए ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्ने कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आ-आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए।

कार्यक्रममा गाउँपालिका अन्तरगतका सबै वडा अध्यक्ष, तथा कार्यपालिका सदस्यहरू विभिन्न विषयगत शाखाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई अख्तियार  दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जका झलक केसीले सहजीकरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ