arrow

ग्लोबल आइएमई बैङ्क १६औँ वर्षमा प्रवेश,१५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीहरू सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
global-ime-bank-16th-anniversary.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैङ्कमा १५ वर्षदेखि बैङ्कमा निरन्तर सेवारत ५९ कर्मचारीहरूलाई सम्मान गरेको छ। सोमबार बैङ्कमा आयोजित एक कार्यक्रमकाबीच बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन्।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कले “उत्कृष्ट बैङ्किङ सबैका लागि” भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए।

उनले उत्कृष्ट बैङ्क बनाउन आफ्नो तर्फबाट गरेको विशेष योगदानका लागि सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे।

यसै गरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैङ्कले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैङ्किङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।

त्यसै गरी, बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

ग्लोबल बैङ्क २०६३ साल पुस १८ गते क्षेत्रीय स्तरको वाणिज्य बैङ्कको रूपमा स्थापना भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ