arrow

प्रेस युनियन गण्डकीमा टंक अधिकारी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
tanka adhijari ji.jpg

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिको अध्यक्षमा कास्कीका टंक अधिकारी निर्वाचित भएका छन् ।

युनियनको मंगलबार सम्पन्न प्रथम अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

अधिकारी अघिल्ला कार्यकालमा पनि प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सदस्य भएर काम गरेका थिए । 

युनियनको उपाध्यक्षमा कास्कीका माधव रेग्मी, महिला उपाध्यक्षमा पर्वतकी संगीता केसी, समावेशी उपाध्यक्षमा नवलपुरकी शारदा झेडी मगर छन् ।

यसैगरी महासचिव गोरखाका प्रकाश ढकाल र लमजुङका कोषाध्यक्ष सन्देश पौडेल पौडेल रहेका छन् । 

समितिको सचिवमा बागलुङका नारायण रिजाल, गोरखाका मोहशिन अलिमिया, तनहुँकी अन्जना तिमिल्सिना र लेखासमिति संयोजकमा स्याङ्जाका रामकृष्ण डुम्रे चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा तनहुँका शंकरराज नकर्मी, कास्कीका गीता विष्ट, सुवास पौडेल र रीमा शाही, स्याङ्जाका खगेन्द्र भण्डारी र ऋषि बस्याल, नवलपुरका गोविन्द लामिछाने र प्रेमचन्द्र रौनियार, पर्वतका देवराज पुरी, लमजुङका निरज अधिकारी, मनाङका बुद्धि गुरुङ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ