arrow

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा शाह सर्वसम्मत  

logo
सुनिल आउजी
प्रकाशित २०७९ पुष २० बुधबार
Kamal-Bahadur-shaha-sp-nc.jpg

धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमल बहादुर शाह सर्वसम्मत चयन भएका छन् । शाहको प्रस्तावक बहादुर सि थापा र समर्थक प्रकास देउवा रहेका थिए । 
लामो समय पार्टी कार्यालयमा छलफल हुँदा शाहलाई सर्वसम्मत दलको नेतामा शाहलाई प्रकाश देउवाले सहमति दिएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यलयले जनाएको छ  । दलको नेता बन्नकालागि ७ जनाले दाबी गरेका थिए ।  
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यालयमा छलफल भएको थियो  ।  ७ जनाले दाबी गरेको हुनाले सहमतिका लागि लामो छलफल भएको थियो ।
प्रदेश सभा संसदीय दलको नेता बन्न  प्रदेश महामन्त्री  मेघराज खड्का  ,मान बहादुर रावल बहादुर थापा , दिवान सि बिष्ट , सिवराज भट्ट , प्रकाश देउवा कमल  शाह  दाबी गरेका थिए  । सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसबाट १९ जना प्रदेश सभा सदस्यीय रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ