नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा शाह सर्वसम्मत
सुनिल आउजी
प्रकाशित २०७९ पुष २० बुधबार
793
Shares
धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमल बहादुर शाह सर्वसम्मत चयन भएका छन् । शाहको प्रस्तावक बहादुर सि थापा र समर्थक प्रकास देउवा रहेका थिए ।
लामो समय पार्टी कार्यालयमा छलफल हुँदा शाहलाई सर्वसम्मत दलको नेतामा शाहलाई प्रकाश देउवाले सहमति दिएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यलयले जनाएको छ । दलको नेता बन्नकालागि ७ जनाले दाबी गरेका थिए ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यालयमा छलफल भएको थियो । ७ जनाले दाबी गरेको हुनाले सहमतिका लागि लामो छलफल भएको थियो ।
प्रदेश सभा संसदीय दलको नेता बन्न प्रदेश महामन्त्री मेघराज खड्का ,मान बहादुर रावल बहादुर थापा , दिवान सि बिष्ट , सिवराज भट्ट , प्रकाश देउवा कमल शाह दाबी गरेका थिए । सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसबाट १९ जना प्रदेश सभा सदस्यीय रहेका छन् ।