arrow

चिसो बढेपछि विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
cold1.jpg

दोधारा चाँदनी ।  कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ ।
    
एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएपछि नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए । 
    
उनका अनुसार मौसम प्रतिकूल रहेमा थप बिदा दिने निर्णय भएको छ । यसअघि यहाँको वेदकोट नगरपालिकाले पनि चिसो बढेपछि पठनपाठनमा बाधा पुगेकाले माघ २ गतेसम्मका लागि बिदा दिइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ