- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सुरु भएको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठक सुरु भएको हो।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो। २५ पुसबाट सङ्घीय सदनको अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक बसेको हो।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको २६ पुसमा बस्ने बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरेकाले बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो।