arrow

५३ खर्ब पुग्यो बैङ्क तथा वित्तीय संस्थाको निक्षेप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
bank.gif
फाइल तस्बिर

काठमाडौँ। बैङ्क तथा वित्तीय संस्थामा ५३ रुपैयाँ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ। नेपाल राष्ट्र बैङ्कको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैङ्क तथा वित्तीय संस्थामा ५३ खर्ब रुपैयाँ दुई अर्ब निक्षेप सङ्कलन भएको हो।

पुस १९ सम्म वाणिज्य बैङ्क विकास बैङ्क र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो। गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहरीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो। राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार वाणिज्य बैङ्कमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ।

पुस २० गतेसम्म बैङ्क तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन्। यस अवधिमा बैङ्क तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ। बैङ्कमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैङ्क सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ