arrow

त्रिपन्न खर्ब पुग्यो बैङ्क तथा वित्तीय संस्थाको निक्षेप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg

काठमाडौं। बैङ्क तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैङ्क तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो। 

पुस १९ सम्म वाणिज्य बैङ्क विकास बैङ्क र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहरीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार वाणिज्य बैङ्कमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ । 

पुस २० गतेसम्म बैङ्क तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैङ्क तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैङ्कमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैङ्क सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ