arrow

श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दिएपछि परिवारका सातको हत्यापछि श्रीमानबाट आत्महत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
crime-final-everytime-use.jpg

लस एन्जलस । श्रीमतीले सम्बन्ध विच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हानी हत्यापछि आत्महत्या गरका छन् । 

अमेरिकाको एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको शव फेला पारेका थिए । मारिनेमध्ये चार वर्षीय बालक पनि थिए । मारिने सबैलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

‘संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्यान लिएको थियो,’ शहरको एक विज्ञप्तिमा भनिएको छ । आक्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ ।

मृत्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन् । सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए । एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गोलीबारी भएको बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ