arrow

सात वर्षपछि प्रचण्ड-बाबुराम मिल्ने कसरतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
Prachanda-Baburam.jpg

काठमाडौं । ‘चुहुने घरमा नबस्ने’ भन्दै सात वर्षअघि माओवादी र पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका डा. बाबुराम भट्टराई अन्ततः मिल्ने तयारीमा जुटेका छन् । भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले मा‌ओवादीसँग एकताको पहल गर्नका लागि वार्ता टोली आज गठन गर्दैछ । आज बिहान पार्टी कार्यालय तिनकुनेमा नेसपाको राजनीतिक समितिको बैठक बस्दै छ।

यता बाबुराम जस्तो अप्ठ्यारो मान्छेलाई मैले २५ वर्ष झेलेको छु भनेका प्रचण्डले पनि वार्ता टोली गठन गरिसकेका छन् । हिजो बसेको पार्टी बैठकले उपाध्यक्ष कृष्णबहादुर महरा संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहने गरि पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

प्रचण्ड र बाबुराम शनिबार छलफल भएको थियो। योसँगै माओवादीको चुनाव चिह्नबाट प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन लडेका भट्टराई नेतृत्वको नेसपा र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीच पार्टी एकता हुने देखिन्छ । एकतापछि पार्टीको नाम नेकपा समाजवादी राख्ने तयारीमा दुवै पार्टीहरू छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ