- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा सामेल नहुने भएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट हिक्मतकुमार कार्की सम्पूर्ण कार्यकालका लागि मुख्यमन्त्री बनेपछि माओवादी प्रदेश सरकारमा सामेल नहुने भएको हो ।
कार्कीलाई पाँचै वर्ष मुख्यमन्त्री बनाउने निर्णय केन्द्रमा भएपछि माओवादी रुष्ट बनेको छ । माओवादीले प्रदेश १ मा आलोपालो नेतृत्व हुनुपर्ने माग राख्दै आएको छ ।
सत्ता साझेदारबीच भागबण्डा मिलाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो । मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका थिए । माओवादीले भने सभामुख पाएको छ ।
यता मुख्यमन्त्रीमा नियुक्ति भएकै दिन कार्कीले आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको बताएका थिए । योसँगै माओवादी पनि सरकारमा नजाने भएको हो ।
प्रदेश सरकारको नेतृत्वको विषयमा केन्द्रिय सरकारले गरेको निर्णय सच्याउन माओवादी केन्द्रले माग गरेको छ ।
कार्कीले आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा शपथ लिदैछन् ।