- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ ।
बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरू ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतीक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला श्रीपालि ठकुरीलाई सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजदेखि सुरु भएको बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाको नियमावली नबनाए सम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।