पाकिस्तानको सर्वोच्चले भन्यो : ९७४ 'बेपत्ता व्यक्ति' हिरासतमा, ६१६ जेलमा
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
1k
Shares
फाइल तस्बिर
इस्लामावाद। बेपत्ता पारिएका व्यक्ति आयोगले बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा प्रतिवेदन बुझाउँदै बेपत्ता घोषित ९७४ जना हिरासत केन्द्रमा र ६१६ जेलमा रहेको खुलासा गरेको छ। रिपोर्टका अनुसार नोभेम्बरमा ८१ जना आफ्नो घर पुगेका छन्।
कुल ९ हजार १३३ व्यक्ति बेपत्ता भएका उजुरी परेको र तीमध्ये ५ हजार ५ सय ७४ जनालाई आयोगले ट्रेस गरेको छ भने ३ हजार ७ सय ४३ घर फिर्ता भएका छन्। प्रतिवेदनमा कुल २४१ बेपत्ता व्यक्तिको शव फेला परेको उल्लेख छ।
गत नोभेम्बर ३० सम्ममा ६ हजार ९२६ बेपत्ता व्यक्तिका मुद्दाको कारबाही भएको र २ हजार २०७ बेपत्ताका मुद्दा विचाराधीन रहेको पनि उनले बताए।
नोभेम्बरमा, आयोगले ९८ मुद्दा प्राप्त गरेको थियो भने १०१ वटा टुङ्गो लगाएको प्रतिवेदनमा उल्लेख छ।