arrow

बैंक तथा वित्तीय संस्था परिसङ्घको अध्यक्षमा पवन गोल्यान सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
Pawan-Golyan.jpg

काठमाडौं। बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैङ्कका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

आइतबार बसेको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै, सदस्यहरूमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, लिलाप्रकाश सिटौला, मोतिलाल दुगड, राधेस पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा पुर्‍याउँदै मूलतः बैङ्किङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने बताए । “बैङ्किङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अभिन्न सहयोगी संस्थाको रूपमा सिबिफिनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”, गोल्यानले भने ।

बैङ्क तथा वित्तीय संस्थाहरूले सरकार, नियामक निकाय र सरोकारवाला संस्थासँग निरन्तर सहकार्य गर्दै उनले तीव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुन आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ