ओली कटाक्ष, काँग्रेसको समर्थन जाल हो भने माछा नभएको खोलामा फ्याँक्यो, केही पाउँदैन
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
522
Shares
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने काँग्रेसको निर्णयप्रति आशङ्का व्यक्त गरेका छन्। प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइन भने काँग्रेसको निर्णयलाई स्वागत गर्ने बताए । तर, यदि जाल हो भने काँग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको ओलीको भनाइ छ। उनले काँग्रेसले केही नपाउने पनि दाबी गरे।
‘काँग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। यो जाल होइन भने स्वागतयोग्य छ,’ अध्यक्ष ओलीले भने, ‘यदि जाल हो भने काँग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको हुनेछ।’ सरकारलाई समर्थन गरेको काँग्रेस पनि सत्तापक्ष रहेको ओलीको बुझाइ छ।