arrow

फेरि संसद विघटनको प्रसंग: गर्जिए माधव नेपाल, 'यो पुरानो नेपाल हैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
madhav-kumar-nepal.jpg

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने निश्चित भइसकेको बताएका छन् ।

मंगलबार संसदमा बोल्दै उनले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भइसकेपछि आत्तिनु पर्ने कुरा नभएको बताएका छन् ।

यस्तै उनले संसद विघटन शब्द सुनेको भन्दै संविधान प्रति सरकार प्रतिबद्ध छ कि छैन्, भन्नेमा प्रश्न रहेको बताएका छन् । उनले सत्ता गठबन्धन भित्रकै दलले संसद विघटन भन्ने शब्द निकालिरहेको भए यो खतरनाक भएको भन्दै यो पूराना नेपाल नभएको बताएका छन् ।

उनले भने 'के यो ब्रिटेन हो, के यो भारत हो, के यो पूरानो नेपाल हो? यो गिरजाप्रशाद कोइरालाको समयको २०५१ सालको सरकार हो?, २०५८ सालको शेरबहादुर देउवाको समयको सरकार हो? होइन् ।'

उनले राणकालदेखि आजसम्म संविधान बनेको बताउँदै संविधान बनाउने क्रममा विगतका अनुभवका आधारमा, संविधानका अभ्यास र प्रणालीमा सुधारको काम गरेको बताउँदै उनले विगतको गल्ती नदोहर्याउने प्रतिबद्धता गरेको बताएका छन् ।

'हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन्, ख्याल होस्, त्यो काम गरेर प्रतिगमनको कदम चालिएको थियो, त्यस्तो कदम फेरि नचालियोस्,' उनले भने । उनले यो गठबन्धनले 'शिक्षा लिएको होला, महशुस र आत्मलोचना गरेको होला भनेको त, यहाँ गर्जेको देख्दा अचम्म पो लाग्यो,' उनले भने ।

'हिजै जवाफ दिने पक्षमा थिए, किन दिने पहिलो दिनमा भनेर, गठबन्धन गम्भीर भएको होला भनेको त त्यस्तो नभएको भन्दै उनले त्यस्तो गोलचक्करमा नपर्न भनेका छन् । यहीँ रोस्टममा मैले सुने कि संसद विघटन गर्न पाइन्छ । यो मान्यता गठबन्धन दलको हो? यो मान्यता गठबन्धन दलको हो भने, खतरनाक संकेत यसले देखाउँदैछ ,' नेपालले भने । उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अनुमति नदिएको स्पष्ट पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ