कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री दाहाल
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
1.2k
Shares
फाइल तस्बिर
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन्। मङ्गलवार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमति अनुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक सङ्घर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन्।
रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै उनले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिए। चौधरीकी श्रीमती रञ्जित श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले सशर्त प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएकी छन्।