नेकपा एसको युवा संघमा विश्वकर्मालाई कार्यवाहकको जिम्मेवारी
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
1k
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक नरेशकुमार शाहीले संघका उपाध्यक्ष कृष्ण विश्वकर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
नेकपा एमालेमा रहँदा युवा संघको सचिव रहेका विश्वकर्मा एकीकृत समाजवादी बने पश्चात युवा संघ समाहित हुँदा केन्द्रीय उपाध्यक्ष बनेका थिए ।
कार्यबाहक अध्यक्ष विश्वकर्मा लामो समय युवा संघमा काम गरेका अनुभवी र युवा आन्दोलन बुझेको साथै खारिएको नेता भएका कारण कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव दिपक जिएमले जानकारी दिए ।
नेकपा एसले शक्तिशाली भ्रातृ संगठनको रुपमा युवा संघलाई लिने गर्दछ ।