arrow

नेकपा एसको युवा संघमा विश्वकर्मालाई कार्यवाहकको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
krishna-bishwakarma-ncp-united-youth-president.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक नरेशकुमार शाहीले संघका उपाध्यक्ष कृष्ण विश्वकर्मालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।  

नेकपा एमालेमा रहँदा युवा संघको सचिव रहेका विश्वकर्मा एकीकृत समाजवादी बने पश्चात युवा संघ समाहित हुँदा केन्द्रीय उपाध्यक्ष बनेका थिए ।

कार्यबाहक अध्यक्ष विश्वकर्मा लामो समय युवा संघमा काम गरेका अनुभवी र युवा आन्दोलन बुझेको साथै खारिएको नेता भएका कारण कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव दिपक जिएमले जानकारी दिए । 

नेकपा एसले शक्तिशाली भ्रातृ संगठनको रुपमा युवा संघलाई लिने गर्दछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ