- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ। मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन्।
यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन्। साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने गरी स्थगित गरिएको छ।