arrow

ब्याजदर घटाउँदै वाणिज्य बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
nepal-bankers-assocation-nba.jpg

काठमाडौं। वाणिज्य बैङ्कहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधवार बसेको वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि  एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।

हाल वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ ।

माघमा भने बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।

बैंकर्स सङ्घको अध्यक्षमा  केसी

बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन भएका छण् । बुधवार सम्पन्न विशेष साधारण सभामा एनएमबि बैङ्कका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।

यसअघि  केसी सङ्घको उपाध्यक्ष रहेका थिए। यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैङ्कबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैङ्कका  अजयविक्रम शाह, नेपाल एसबिआई बैङ्कका  दीपककुमार दे, नेपाल बैङ्कका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैङ्कका  रोशनकुमार न्यौपाने, एभरेष्ट बैङ्कको सुदेश खालिङ र सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ