arrow

विदेशमा गरिने लगानीमा राष्ट्र बैङ्कको थप कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
nepal-rastra-bank-panorama-nrb-.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ। केन्द्रीय बैङ्कले आज एक सूचनामार्फत विदेशमा कानुनले तोके बाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ।

पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आशयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत विदेशमा पैसा नलैजान सचेत गराएको हो। विदेशमा घर जग्गा खरिद, धितो पत्र खरिद, सम्पत्ति खरिद विदेशी बैङ्क तथा वित्तीय संस्थामा निक्षेप जम्मा लगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सचेत गराएको छ।

बैङ्कले त्यससम्बन्धी प्रचारप्रसार नगर्न समेत आग्रह गरेको छ। केन्द्रीय बैङ्कले तोकिदिएको व्यवस्था बमोजिम बाहेक विदेशमा भुक्तानी हुने सम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ। त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशित गरिएको हो। नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने केन्द्रीय बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ