arrow

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।

केन्द्रीय बैङ्कले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् रू २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ