arrow

सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
sandip1.JPG
फाइल तस्बिर

काठमाडौँ। उच्च अदालतको आदेशमा शुक्रवार रिहा भएका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ।

क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौँले  ९ माघका लागि पेसी तोकिदिएको हो।

उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौँले अन्तिम टुङ्गो लगाउनका लागि प्रक्रिया अघि बढाउने छ।

जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि सोको प्रतिवाद गर्दै उच्च अदालत गएका लामिछानेलाई थुनामुक्त भएर मुद्दा लड्न बिहीबार आदेश दिएको थियो। सो आदेश लगत्तै शुक्रवार नै लामिछाने केन्द्रीय कारागारबाट रिहा भएका छन्।



नयाँ