arrow

राष्ट्र बैंक चेतावनी दिँदै भन्छ – विदेशमा लगानी गरे कारबाही 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराएको छ । 

राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैले विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेतसमेत गराएको हो । ‘‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पूँजीगत प्रकृतिका कारोबार यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक गर्ने गरेको पाइएमा कानून बमोजिम कारबाही हुने छ,’ जारी विज्ञप्तिमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ