arrow

१९५१ मा शुन्य क्रिश्चियन रहेको नेपालमा अहिले लाखौं: देशमा ७ हजार बढी चर्च, ३०० बढी प्रचारक मिसनकारी

बुद्धको जन्मस्थल, बहुसंख्यक हिन्दु नेपाल: क्रिश्चियनहरुको प्रमुख निशाना, विश्वमै तिव्र बढ्दाे क्रिश्चियानीटि यहाँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
national-christian-association-nepal.jpg

काठमाडौं । मानिसहरूको धर्म परिवर्तन गर्नु गैरकानूनी हो तर, नेपालमा क्रिश्चियन 'मिसनकारी'हरू धर्म फैलाउन मुद्दासमेत खेप्ने गरी आक्रामक बनेका छन् ।

कोरियाली पादरी पाङ चाङ इनले धादिंगको झार्लाङ गाउँमा एउटा नयाँ चर्चलाई उद्घाटन गर्दै भने,'येशूको जित।' उनले यसाे भन्दै गर्दा हालै मात्रै धर्म परिवर्तन गरी क्रिश्चियन बनेकाहरुको मण्डलीले हात उठाउँदै प्रार्थना गर्याे ।

यी धर्म परिवर्तन गर्नेमा धेरैजसो आदिवासी तामाङ समुदायका छन्, जसले पहिले 'लामा' आस्थालाई मान्दै आएका थिए ।

पादरी पाङको नजरमा तामाङहरू 'आर्थिक र आध्यात्मिक रूपमा गरिब' छन्, 'त्यसैले चमत्कार भयो र पूरै गाउँले धर्म परिवर्तन गर्याे,' उनले भने ।

धर्म परिवर्तन गराउन हिँडेका मिसनकारीहरू मध्ये धेरै जसो पाङ जस्ता दक्षिण कोरियाली नागरिक छन् ।

पूर्व हिन्दू राज्य, हिन्दु बाहुल्यता भएको एवं भगवान बुद्धको जन्मस्थल नेपाललाई यस्ता मिसनकारीहरुले विश्वको सबैभन्दा तीव्र रुपमा क्रिश्चियानीटी बढिरहेको मुलूक बनाएका छन् ।

नेपालमा क्रिस्चियन धर्म अपनाउनेमा धेरैजसो समुदाय आफूलाई दलित भन्नेहरुबाट छ । दलित परम्परागत रूपमा हिन्दू जातीय पदानुक्रमको तल्लो तहमा र केही आदिवासीहरूमा पर्छन् ।

पादरी पाङले भने अनुसार यी समुदायका मानिसहरु चमत्कारमा विश्वास गर्दै गरीबी र भेदभावबाट उम्किने भनेर सहजै धर्म परिवर्तन गर्छन् ।

पाङले नेपालमा पछिल्लो दुई दशकमा झण्डै ७० वटा गिर्जाघर अथवा चर्च खोल्ने कामको निरीक्षण गरेका छन् । यसमध्येका अधिकांश चर्च राजधानी काठमाडौंबाट दुई घण्टा उत्तर पश्चिममा रहेको धादिङ जिल्लामा छन्। 

पाङ भन्छन्,'यहाँको समुदायले जग्गा दान गर्दछ र कोरियाली चर्चहरूले पैंसा हाल्छन् र यहाँ चर्च निर्माण हुन्छन् ।'

पाङले भनेका छन्,'लगभग हरेक पहाडी उपत्यकामा चर्चहरू निर्माण भइरहेको छ ।'

उनले बताए अनुसार हालका वर्षहरूमा नेपालभर चर्चहरूको संख्यामा ठूलो वृद्धि भएको कुरामा कुनै शंका छैन। 

राष्ट्रिय क्रिश्चियन कम्युनिटी सर्वेक्षणको पछिल्लो तथ्याङ्कले अहिले पनि अत्यधिक हिन्दू राष्ट्र नेपालमा ७ हजार ७५८ चर्च बनिसकेका छन् ।

र यसको पछाडि सबै भन्दा ठूलो हात दक्षिण कोरियाको छ। 'कोरियाली विश्व मिसन एसोसिएसन'का अनुसार विदेशमा २२,००० भन्दा बढी मिसनकारीहरु पठाउँदै क्रिश्चियन धर्म फैलाइरहेका सबै देशहरुभन्दा अगाडि कोरिया रहेको छ  ।

'फेरि जन्मेको भन्ने जोस'बाट प्रेरित कोरियाली मिसनकारीहरू आक्रामक रूपमा विश्वको जुनसुकै र जस्तोसुकै कुनामा समेत धर्म प्रचार र क्रिश्चियानीटि फैलाउन तम्तयार छन् ।

२०१५ को संविधानले धार्मिक स्वतन्त्रतालाई समेटेसँगै नेपाल धर्मनिरपेक्ष राज्य बनेको छ । यसले उनीहरू झन फाइदमा पुगेकाे देखिन्छ ।

कानुनीरुपमा कसैलाई धर्म परिवर्तन गराउन प्रोत्साहन गर्ने काम गर्नेहरुलाई पाँच वर्षसम्मको जेल सजाय हुने प्रावधान छ। तरपनि, नेपालमा विदेशी मिसनकारी र धर्म परिवर्तन गरेकै नेपालीहरु यस काममा खुलम-खुला लागि परेका छन् ।

करिब २० वर्ष (सन् २००३)देखि नेपालमा रहँदै आएका पाङ दम्पतीमा उनकी पत्नी ली जियोङ ही भन्छिन्,'हामी सधैं धर्म परिवर्तन विरोधी कानूनबाट चिन्ता र घबराहटका बाबजुद पनि काम गरिरहेका छौं।' उनी भन्छिन्, 'तर हामी यो डरको कारण सुसमाचार फैलाउन (धर्म परिवर्तन गराउन) रोक्न सक्दैनौं।'

उनीहरु नेपाल आएको पाँच वर्षपछि एक दशकको गृहयुद्ध सकिएर २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य हुँदै सन् २००८ मा नेपाल धर्मनिरपेक्ष गणतन्त्र घोषणा भएसँगै 'धर्मप्रचारका लागि आफुहरुको स्वर्ण युग सुरु भएको' उनको भनाइ छ ।

पाङ र उनकी श्रीमती हाल नेपालमा रहेका करिब ३०० कोरियन मिसनकारी परिवारको समुदायका एक सदस्य हुन्।

कोरियाली समुदाय राजधानी काठमाडौंको दक्षिणी पालिकामा ठूलो संख्यामा बसेका छन् ।

यीनीहरु नेपालमा कोही पढ्ने बाहना, कोही व्यापारको भिसालगायत मिसनकारी नभएर विभिन्न अन्य भिसा लिएर बसिरहेका छन्।

बीबीसीले प्रकाशन गरेकाे यो रिपोर्ट तयार पार्न उनीहरूले कोरियाली मिसनकारी समुदायसँग हप्तौंकाे समय बिताउँदा पाङ र उनकी श्रीमती मात्र खुलेर कुरा तयार भएका हुन् ।

याे काम गर्न खुलेआम धर्म परिवर्तन नै भन्ने नभएर आफुहरु कानुनसँग नडर्ने गरेको उनको भनाइ छ।

सन् १९५१ मा नेपालमा क्रिश्चियनहरु नै थिएनन् । सन् १९६१ मा  ४५८, सन् २०११ मा ३ लाख ७६ हजार र हाल यो संख्या ५ लाख ४५ हजार पुगेको छ ।

पूर्व उपप्रधानमन्त्री कमल थापाले आक्रामक रुपमा धर्म परिवर्तन भइरहेको र गराइरहेको बिषयमा भनेका छन्,'यो जङ्गलको आगोझैँ फैलिरहेको छ, सांस्कृतिक पहिचान खतरामा छ, राष्ट्रिय एकताको कपडा खतरामा छ ।'

उनले कोरियाली मिसनकारी कार्यलाई 'देशको सांस्कृतिक पहिचानमा संगठित आक्रमण'को रूपमा हेरेका छन् ।

नेपाल क्रिस्चियन सोसाइटीका प्रमुख रहेको पास्टर डिल्लीराम पौडेल कानुनी छानबिनमा परेका थिए । उनलाई अप्रिल २०१८ मा मानिसहरूलाई धर्म परिवर्तन गर्न घूस दिएको आरोप लागेको थियो यद्यपि, पछि यो आरोप हट्यो ।

उनले धर्म परिवर्तनका लागि कानुनबाट बच्दै वैकल्पिक तरिका अपनाउने बताएका छन् । आफु पहिले हिन्दु रहेको उनी भन्छन्,'हाम्रो मिशन धर्म परिवर्तन गर्नु हो ।'

पाङ र उनकी श्रीमतीले काठमाडौंमा एउटा सेमिनरी स्कूल नै चलाउन संलग्न रहेका छन्। त्यहाँ हाल करिब ५० विद्यार्थी अध्ययनरत छन् । कोरियाली चर्चहरुले नै उनीहरुको खर्च व्यहोर्छन् । तीमध्ये एक २२ वर्षीया सपना सिङ्गाङको दुर्गम तामाङ गाउँकी महिला रहेकी छन् ।

आफ्ना बुबाले परम्परा बिर्सन नहुने भने पनि उनी आफु क्रिश्चियन बनेकी हुन् ।  यस्तै दुर्गम गाउँहरु आफ्नो निशानामा रहेको पाङको भनाइ छ । उनी भन्छन्,'शहरहरूमा धर्म परिवर्तन विरोधी कानून धेरै लागु हुनसक्छ तर, ग्रामीण इलाकामा कमैले देख्छन् ।'

काठमाडौं र धादिङमा रहेर केभिन किम र रेबेका हेन्शकेले तयार पारेको यो रिपोर्ट बीबीसी डटकममा प्रकाशित छ भने, यसमा राजन पराजुली र रमा पराजुलीले पनि योगदान गरेका छन् । केही अतिरिक्त भाषिक सम्पादनसहितकाे यो बीबीसीबाट अनुवादित सामग्री हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ