arrow

मधेस प्रदेशका सबै निकायलाई भ्रष्टाचारमुक्त बनाउँछु : मुख्यमन्त्री यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
saroj-kumar-yadhav.jpg

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिनाभित्र भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् । 

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारलाई शून्यमा पुर्‍याउने प्रतिबद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मुख्यमन्त्री यादवले भ्रष्टाचार छानविनका लागि आफूले पाँच सदस्यीय समिति गठन गरेको स्मरण गराउँदै उनले सबै दललाई साथमा लिएर आफू अघि बढ्ने कार्ययोजनासमेत सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रमसमेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाइ थियो । 

मुख्यमन्त्री यादवले भने, “मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अब मैले तीन महिनाभित्र प्रदेश सरकारका कार्यालयमा भ्रष्टाचार शून्यमा झार्छुु र सबै दललाई मिलाएर एकसाथ लग्नेछु ।” उनले सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउने र आवश्यक पर्‍यो भने पूरक बजेट पनि ल्याउन सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ