arrow

प्रतिनिधिसभा बैठक शुरु, सभामुख छानिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
parliament-sansad-2078.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । आज बैठकमा सभामुख चयन हुदैछ । सभामा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपति विद्यादेवीभण्डारीबाट प्राप्त पत्र पठेर सुनाएका छन् ।  

सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र  नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस भन्ने दुई पुरस्ताव प्राप्त भएको जबराले सुनाए ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने छन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला छन् । 

बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ-आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नेछन्।



नयाँ