arrow

सुर्खेततर्फ आउँदै गरेको बस सडकबाट खस्यो : चारको मृत्यु

एक गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
accident-final-1618290232.jpg

कर्णाली । वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत झुप्राखोलास्थित  रत्न राजमार्गमा  सवारी साधन  दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका-५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका-३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र०१०२६च ९२१३ नंको उक्त गाडी आज बिहान २:३० बजे अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो ।

उक्त घटनामा परी भैरवी गाउँपालिका-५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ