arrow

ग्लोबल आइएमई बैङ्कको ६३औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
global-ime-bank-myagdi.jpg

काठमाडौं। ग्लोबल आइएमई बैङ्क लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैङ्कको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैङ्कले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैङ्किङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैङ्किङ सेवा दिने लगायत सेवाहरू उपलब्ध हुनेछन्।

ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैङ्किङ सेवा, ६३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ