arrow

ग्लोबल आइएमई बैङ्कद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
global-ime-students.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराई सहयोग गरेको छ।

श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैङ्कको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेका छन्।

बैङ्कले उपलब्ध गराएका शैक्षिक सामग्रीहरू विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई वितरण गरिएको छ।

ग्लोबल आइएमई बैङ्कले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरूको आयोजना गरी आम नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ।

कार्यक्रममा बैङ्कका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैङ्कका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ