arrow

नौं वर्षमा पाचौं ठूलो अर्थतन्त्र बन्यो भारत, यस्ता छन् २०२३-२४ का बजेटका विशेषता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
nirmala-sitharaman-india-budget-2023.jpg

काठमाडौं। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले २०२३-२४ को बजेट प्रस्तुत गर्ने क्रममा संसदलाई सम्बोधन गरेकी छिन् । बजेट भाषण अन्तर्गत विभिन्न क्षेत्रमा विभिन्न किसिमको हेरफेर एवं नयाँ परिवर्तन ल्याइएको छ ।

नयाँ बजेट भाषण अनुसार अब नयाँ कर प्रणालीमा कुनै पनि व्यक्तिले ७ लाखसम्मको आम्दानीमा कुनै कर तिर्नु पर्ने छैन । वार्षिक ९ लाख आम्दानी हुने व्यक्तिले नयाँ व्यवस्थामा ४५ हजार मात्रै कर तिर्नुपर्नेछ। 

यो नयाँ व्यवस्थामा करदाताको आयको ५ प्रतिशत मात्र हो । नयाँ कर प्रणालीमा रु ५२ हजार ५०० को मानक कटौतीसमेत गरेको छ।

‘अमृत कालको यो पहिलो बजेट हो’ भन्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मोदी सरकारको अन्तिम पूर्ण बजेट प्रस्तुती शुरु गरेकी थिइन् । 

विश्वले भारतको अर्थतन्त्रलाई उज्ज्वल स्थानको रूपमा मान्यता दिइरुहेको भन्दै उनले चालु आर्थिक वर्षमा प्रमुख अर्थतन्त्रहरूमध्ये भारतको वृद्धिदर ७ प्रतिशत रहेको बताइन् । भारतीय अर्थतन्त्र सही बाटोमा र उज्यालो भविष्यतर्फ अघि बढिरहेको उनको भनाइ छ।

प्रतिव्यक्ति आय बढेर १ लाख ९७ हजार पुगेको समेत उनले बताएकी छिन् । यस्तै भारतको अर्थतन्त्र पछिल्ला ९ वर्षमा विश्वको १० औं बाट ५ औं सबैभन्दा ठूलो अर्थतन्त्र भएकोसमेत उनले बताइन् ।

बजेट अन्तर्गत भारतीय रेलवेले पहिलो पटक २.४० लाख करोड रुपैयाँको पूँजी परिव्यय प्राप्त गरेको छ।

यस्तै व्यक्तिगत आयकरमा ० देखि ३ लाखसम्मको आम्दानीमा शून्य कर, तीन लाखभन्दा माथि र पाँच लाखसम्मको आम्दानीमा ५ प्रतिशत, ६ लाखभन्दा माथि र ९ लाखसम्मको आम्दानीमा १० प्रतिशत र १२ लाखभन्दा माथिको आम्दानीमा २० प्रतिशत र १५ लाखभन्दा बढीमा ३० प्रतिशत कर लाग्ने छ ।

यस्तै अर्थमन्त्री सीतारमणले गैरसरकारी तलब पाउने कर्मचारीको अवकाशमा दिइने कर छुट रु ३ लाखबाट बढाएर २५ लाख पुर्‍याउने प्रस्तावसमेत गरेकी छिन् ।

यस्तै भारत सरकारले नयाँ कर व्यवस्था अन्तर्गत उच्चतम अभिभार दर ३७ प्रतिशतबाट २५ प्रतिशतमा घटाउने प्रस्ताव गरेको छ। यी लगायतका विभिन्न विशेषताहरु भारतको नयाँ बजेटमा समेटिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ