arrow

नेम्वाङले बाँधे ओली सरकारका कामको पुलिन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
bashant-kumar-nembang.jpg

काठमाडौं। सांसद बसन्तकुमार नेम्वाङले एमालेको नेतृत्वमा तीन वर्षको अवधिमा देशमा सामाजिक पूर्वाधार र भौतिक पूर्वाधार विकासको क्षेत्रमा अद्धितीय काम भएको बताएका छन् । तर पछि परमादेशबाट सरकार हटाएपछि सुखी नेपाल समृद्धि नेपालको अभियान सकिएको टिप्पणी गरेका छन् ।

संसद बैठकमा बोल्दै उनले 'संघीयताको कार्यान्वयनको थालनी, ठूला भौतिपूर्वाधार, सामाजिक पूर्वाधार, लुम्बिनी, पोखरा एयर पोर्ट बने, नेपालमा कहिल्यै नभएको सुरुङमार्ग, सिँचाई, बँबईदेखि सुनकोसी डाइभर्सजस्ता ठूला परियोजना, बुटवलदेखि, चितवनदेखि गोदावरीदेखिका ठूला सभाहल बने, अवरुद्ध रेल फेरि सञ्चालनमा आयो, पूर्वपश्चिम रेलमार्गदेखि उत्तरदक्षिण रेलमार्गको सर्वे र निमार्ण कार्य थालनीसँगै भौतिक र सामाजिक पूर्वाधारले गतीले लिएको' बताएका छन्।

'तर, सरकार फेरिएसँगै देश विकासका योजनाहरु अघि नबढेको' उनको भनाइ छ । बुधबार संसदीय बैठकमा बोल्दै उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बजेट मात्रै लिन सकेको बताए।

नयाँ सरकार बनेपछि नयाँ राष्ट्रिय गौरव र महत्व योजना हराउन थालेको समेत उनले बताए। एउटा, दुईटा जिल्ला जोड्ने पुल बन्न जोडेको जस्ता समस्या देखिएको समेत बताएका छन्।

उनले 'अहिले वर्षाैंदेखि आफ्नै गृहजिल्लामा समेत नजिकका पाँच जिल्लामा महत्व राख्ने१ सय १ किलोमिटरको बाटो ३० वर्षसम्म पक्की नबनेको भन्दै यस्ता कयौं बिषय' रहेको बताएका छन्। नेकपा एमालेका सांसद बसन्तकुमार नेम्वाङले 'प्रदेश १ को सुनसरी, मोरङ, धनकुटा, इलाम र पाँचथर पाँच जिल्ला महत्व राख्ने राँके र भेडेटारको यो १०१ किलोमिटरको बाटो तत्काल पक्की बनाउन प्रक्रिया अघि बढाउन'का लागि उनले संसदमा आवाज उठाएका छन्।

यस्ता धेरै बाटो ठेकेदारहरुले बनाउन छोडेको भन्दै यी ठेकेदार कालोसुचीमा राखेर नयाँ ठेकेर नियुक्त गर्नुपर्ने लगायतका माग उनले राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ