arrow

नेविसंघ कास्कीको अध्यक्षमा नसिव गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
Nasib.jpg

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीको अध्यक्षको जिम्मेवारी नसिव गुरुङले पाएका छन् । संघका केन्द्रीय अध्यक्ष टुजाङ शेर्पाले गत सोमबार गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

नेपाली कांग्रेस कास्कीले माघ ११ गते पठाएको पत्र बमोजिम नै गुरुङलाई अध्यक्षको जिम्मेवारी दिइएको बताइन्छ । अध्यक्षको जिम्मेवारी पाएका गुरुङले अबको तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ । 

अधिवेशन हुन नसक्दा नेविसंघ कास्की लामो समयदेखि नेतृत्वविहीन छ ।

जसका कारण नेविसंघका इकाइको सामान्य गतिविधिबाहेक जिल्लागत रुपमा कुनै पनि गतिविधि हुन सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ