- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस केही दिनमा नै सरकारमा पुग्ने उद्घोष कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र नुवाकोट पुगेर डा महतले कांग्रेस छ छिटै सरकारमा पुग्ने बताएका हुन् ।
प्रवक्ता डा महतले भने,' केही दिनमा नै कांग्रेस सरकारमा पुग्छ, निराश हुनुहुन्न ।' डा महतले कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण भएको बताए ।
उन भने, “ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविक रूपमा लिएका छौँ । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै कांग्रेस सरकारमा पुग्छ, निराश हुनुहुन्न ।”
उनले कांग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने दाबी समेत गरे ।