-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । ठुलो परिणामको सुनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
९ किलो सुनसहित एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा क्यानडाका नागरिक मोहम्मद कमल माहगोब रहेका छन् । दुबईबाट सुन लिएर आएका माहगोब विमानस्थलमा चेकजाँचको क्रममा पक्राउ परेका हुन् ।
उनी राति फ्लाई दुबईको विमानबाट काठमाडौं उत्रिएका थिए ।
उनको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।