arrow

घनश्याम पहिलो पटक सहभागी भए नेकपा एसको बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
ghanashyam-bhusal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन् । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा भएको सचिवालय बैठकमा भुसाल पनि सहभागी भएका हुन् । 

एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन् । उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ । सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी भएका हुन् । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ