arrow

गण्डकीमा ट्राफिक व्यवस्थापनबाट १६ करोड राजस्व, दुर्घटनामा २१३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
Trafic.jpg

पोखरा । गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीरकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट रु १६ करोड ४३ लाख ५३ हजार राजस्व सङ्कलन भएको छ । 

सो अवधिमा दुई लाख २५ हजार ५६३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको गगनगौंडास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

उनका अनुसार अघिल्लो वर्ष २०७७ माघदेखि २०७८ पुससम्मको यसै अवधिमा एक लाख ३३ हजार ८६४ सवारी चालकलाई गरिएको कारबाहीमा रु आठ करोड ८७ लाख दुई हजार राजस्व सङ्कलन भएको थियो ।
    
ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशमा यसवर्ष छ हजार २६२ कार्यक्रम सञ्चालन गर्दा नौ लाख ६० हजार १४६ जना सहभागी भएका र अघिल्लो वर्षयसै अवधिमा गरिएको कार्यक्रममा पाँच हजार ३८ वटा कार्यक्रममा चार लाख ७६ हजार ८५४ जना सहभागी भएको प्रनाउ सुवेदीले बताए ।

दुर्घटनामा २१३ जनाको मृत्यु

प्रदेशमा यसवर्ष ४०२ वटा दुर्घटना भएकामा २१३ मानिसको मृत्यु, ३८१ जना सख्त घाइते, २४५ सामान्य घाइते भएका र त्यसमा ५१४ वटा सवारीसाधन परेको प्रहरीले जनाएको छ । 

अघिल्लो वर्ष ४१५ वटा दुर्घटना हुँदा २५१ जनाको मृत्यु, २७४ सख्त घाइते, २७० जना सामान्य घाइते भएका र  त्यसमा ५५४ सवारीसाधन परेका थिए । 
    
ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणका लागि सञ्चालित नमस्ते अभियान, विद्यालय सचेतना कार्यक्रम, चालकसँग एक मिनेट कार्यक्रम, वातावरण मैत्री ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष र प्रशिक्षण जस्ता १२ वटा शीर्षकका कार्यक्रम प्रभावकारी बनेको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ