arrow

सांसदलाई अभिमुखीकरण तालिम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरूका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा हिजोबाट शुरू भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो ।

प्रतिनिधि सभामा विजयी भएका सांसदहरु के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साट्ने कार्यक्रम रहेको छ । 

जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटा लगायतले आ–आफ्ना अनुभव साटेका थिए । 

आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । 

संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराइने छ। 



नयाँ