- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेस मनाङका संस्थापक नेता क्या. चन्द्रबहादुर गुरुङको भएको छ । नासों गाउँपालिका वडा नं. १ ताल निवासी गुरुङको ७९ वर्षको उमेरमा बिहीबार काठमाडौंमा निधन भएको हो ।
मनाङमा कांग्रेसको स्थापनाकालमा गुरुङले संगठन विस्तारमा निकै ठूलो योगदान गरेका नासों गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता धनबहादुर गुरुङले जानकारी दिए ।
साथै क्या. गुरुङले लामो समय भारतीय सेनामा रहेर काम गरेका थिए । स्व. गुरुङका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
उनको आज काठमाडौंमा अन्त्येष्टि गरिएको छ । स्व. गुरुङको पार्थिव शरीरमा नेपाली कांग्र्रेस मनाङका सभापति शंकर गुरुङ, संस्थापक सभापति कोमल घले, पूर्व मन्त्री टेकबहादुर गुरुङ र नेता धनबहादुर गुरुङ लगायतले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलली अर्पण गरेका थिए ।