arrow

सभापतिको रवैयाविरुद्ध आवाज नउठाउँदा कांग्रेस इतिहासकै कमजोर – निरन्जन थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
niranjan-thapa-tarundal.jpg

काठमाडौं । तरुण दलका नेता निरन्जन थापाले समयमै भ्रातृ संस्थाको पूर्णता नहुनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँगसँगै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाको इतर समूहका सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु पनि उत्तिकै भागेदार रहेको आरोप लगाएका छन् । 

नेपाल ल क्याम्पसमा इतर समूहको नाममा आयोजित विशेष भेलामा कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका तरुण दलका नेता थापाले तत्कालीन डडेल्धुराका नेकाका सभापति कर्ण मल्लले पार्टी सभापतिको गलत रबैयाविरु आवाज उठाउँदा पार्टी छोड्न परेको भन्दै संस्थापन समूहको अराजकताविरुद्ध आवाज उठाउने नेता कार्यकर्तालाई इतर समूहले संरक्षणसमेत गर्न नसकेको आरोप लगाए । 

उनले सभापति र सभापतिको सल्लाहकार समूहको गलत सल्लाहले पार्टी इतिहासकै कमजोर भएको र यसविरुद्ध सबैजना आ–आफ्नो ठाउँबाट एक जुट हुन आग्रह गर्दै नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भ्रातृ संस्थामा भएको गैरजिम्मेवारपूर्ण हर्कत बन्द हुनुपर्ने बताए ।



नयाँ