arrow

राहत पाउँदा पीडित परिवारमा देखियो खुशी 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ माघ २१ शनिबार
pidit-raht.jpg

मुगु । बाढी पहिरो प्रभावित परिवारले राहत पाउँदा उनीहरू खुशी देखिएका छन् । गत असोजमा परेको अविरल वर्षाले बाढी र पहिरो आई घर तथा खेतबारी बगाएका पीडित बनेका मध्य छायाँनाथ रारा नगरपालिका वडा नं ८ का पीडित परिवारलाई शुक्रवार एक गैरसरकारी संस्थाले राहत वितरण गरेपछि पीडित परिवारहरू खुशी देखिएका हुन ।

टेवा नेपाल काठमाडौको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित तिस परिवारलाई ८ नं वडा कार्यालयले प्रति घर तिस कजी चालन,२ केजी दाल,१ पाकेट नुन,डसना,फाइबर सिरक र तन्ना वितरण गरेको थियो । महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाही र वडा अध्यक्ष कर्ण बहादुर रावलले पीडित सबै गाउँलेलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरे ।

माघ महिनाको जाडोमा चिसा दिनहरू कटाउँदै आएका विष्टवाडा गाउँका स्थानीयहरूले खाद्यान्न र न्यानो ओढ्ने तथा ओछ्याउने कपडा पाएपछि खुशी व्यक्त गरेका छन् । 
स्थानीय लोक बहादुर विष्ट भन्नुहुन्छ गत असोज १८ देखि २३ गतेसम्म अविरल पानी पर्दा आफ्ना गाउँ लगायत जिल्ला भरी ठुलो धनजनको क्षति भयो । 

हाम्रो गाउँमा मात्र कसैका घर भत्किए कसैका चर्किए खेत गरा पाक्न लागेको अन्न सहित बगायो । त्यो बेला देखि हामी घर बाहिर बस्दै आएका छौ बस्न कपडा छैनन् खाना अन्न छैन छिमेकी तथा नगरपालिकाले गरेको सामान्य सहयोगका बाच्दै आएका छौ आज संस्थाले खाद्यान्न र न्यानो कपडा दियो अब तातो गरेर सुत्ने भयौ ।

घरमा थोरै परिवार भएका परिवारलाई सहज भए पनि ठुलो परिवार भएका घरलाई झनै समस्या छ , घर छैनन् बचेका छर चर्किएका छन् त्यहाँ बस्न घर लाग्छ संस्थाले चामल,दाल कपडा दियो खुशी छौ अब सरकारले घर बनाउन सहयोग गरिदिए हुने थियो सोही गाउँकी स्थानीय रमिला रावल भन्छिन् । 

यो गाउँका मात्र होइन मुगु जिल्ला भरीका बाढी पहिरो पीडित परिवारहरू सरकारले घर निर्माण र गरा सुधारमा सहयोग गरोस् भन्ने आश गर्दछन् । सरकारले मुगु लगायत साबिक कर्णालीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गरि पुर्न निर्माणका लागी पीडित परिवारहरूको तथ्याङ्क लिने काम गरिरहेको र डाटा लिन नगरपालिकाका कर्मचारी गाउँमा आउँदा  आफ्नो क्षति र अवस्था वास्तविक डाटा दिन वडा अध्यक्ष कर्ण बहादुर रावलले पीडित परिवारलाई आग्रह गरे ।
 
टेवा नेपालले मुगुका पीडित परिवार मध्य १०० घरधुरीलाई खाद्यान्न तथा कपडा सहयोग गरेको र यो सहयोग जम्मा दश लाख बरबर रहेको पनि महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीले जानकारी गराइन् ।

असोज महिनामा आएको वर्षाले मुगुका चारै पालिकामा बाढी पहिरो आउँदा करोडौँको भौतिक सम्पत्ति क्षति पुर्‍याउनुका साथै ८ जनाको समेत गएको थियो । जग्गा बगाएका हरू आफ्ना घरमा फर्के पनि घरजग्गा दुवै गुमाएकाहरू अहिले पनि खुल्ला चौरमा पाल भित्र दिन कटाई रहेका छन् । घर नभएका बाढी पहिरो पीडित छायाँनाथ रारा नगरपालिका वडा नं ११ का लावान्ना,वडा नं ८ झयारी गाउँका बाम्निचौर मा बस्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ